माइभ्याली गोल्डकप : थ्रीस्टार र मनाङ फाइनलमा

१६ बैशाख २०७५, आईतवार ००:०२ मा प्रकाशित

इलाम, १५ वैशाख । इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लब पुगेका छन् ।

आज भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टारले सशस्त्रको एपिएफ क्लबलाई २–० को अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो । यसअघि नै त्रिभुवन आर्मीलाई हराउँदै मनाङ फाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफको इन्जुरी समयमा (४६ औँ मिनेटमा) थ्री स्टारको तर्फबाट विमल घर्तीमगरले गोल गरेका थिए । त्यस्तै, खेलको ९० औँ मिनेटमा थ्री स्टारका मार्टिन्सले अर्को गोल गर्दै फाइनलको यात्रा पक्का गरेको हो । माइभ्याली गोल्डकपको फाइनल खेल सोमबार दिउँसो ३ बजे हुनेछ ।

उपाधि विजेताले र छ लाख ६६ हजार ६६६ र उपबिजेताले रु चार लाख पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले