सबैलाई सन्तुलन हुने बजेट आउँछ : अर्थमन्त्री खतिवडा

१३ बैशाख २०७५, बिहीबार २३:४८ मा प्रकाशित

काठमाडौँ, १३ वैशाख । मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने अर्थमन्त्री डा युवराज खतिवडाले बताउनुभएको छ ।

नेपाल व्यवस्थापन संघले आज काठमाडौँमा आयोजना गरेको आगामी २०७५÷७६ को पूर्व बजेट छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

“स्रोतको व्यवस्थापन र उत्पादक क्षेत्रको लगानीलाई बजेटले समेट्नेछ”, मन्त्री खतिवडाले भन्नुभयो, “विगतको बजेटले धान्नै नसक्ने आयोजनालाई समेटेकाले नै बजेटको व्यवस्थापन हुन नसकेको हो।”

अबको बजेटमा दोहोरो कर नीतिको अन्त्य हुने जानकारी दिंदै उहाँले व्यवसायीलाई लगानी गर्ने वातावरण बजेटबाट खुल्ला गरिने बताउनुभयो ।

कार्यक्रममा विभिन्न व्यवसायीले नेपालमा उद्योग सञ्चालन गर्ने वातावरण नरहेको टिप्पणी गर्दै उपकरणका मूल्य नियन्त्रण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार

काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको