‘प्रचण्ड र बाबुरामले नराम्रो धोका दिए’

५ श्रावण २०६९, शुक्रबार १२:१६ मा प्रकाशित

म्याग्दी, ५ साउन ।  एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईले अकल्पनि विषयमा धोका दिएकाले पार्टी विभाजन भएको नेकपा–माओवादीका सचिव नेत्रबिक्रम चन्दले बताएका छन् । ‘हाम्रो पूर्वपार्टीका शीर्ष नेताहरुले कल्पना नै नगरिएका विषयमा धोका दिए, त्यसैले पार्टी फुट्यो,’ सचिव चन्दको भनाई थियो ।

क्रान्तिकारी पत्रकार संघ म्याग्दीले म्याग्दीको सदरमुकाम वेनीमा आयोजना गरेको पत्रकार भेटघाटमा चन्दले १० बर्षे जनयुद्धको प्रस्तावबाट वावुराम र प्रचण्ड विचलित हुँदै क्रान्तिकारी आन्दोलनबाट पछीहटेर जनतालाई धोका दिएको आरोप लगाए । उनले अन्तराष्ट्रिय बिमानस्थल जस्तो सम्वेदनशील ठाउँलाई समेत भारतको जिम्मा लगाउन खोज्नु, क्रान्तिकारी आन्दोलनबाट विचलित बनेर संसदीय व्यवस्थामै फर्कनु, पार्टीमा आर्थिक अनियमितता हुनुले प्रचण्ड र बाबुरामको नेतृत्व क्षमतामाथि प्रश्न चिन्ह उठेको जिकीर गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।