काँग्रेस बैठकमा गच्छेदार र श्रेष्ठको उपसभापतिमा दावी

१३ बैशाख २०७५, बिहीबार २३:३२ मा प्रकाशित

काठमाडौँ, १३ वैशाख । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी जारी बैठकमा दुई नेताले उपसभापति पदका लागि आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा आज नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आआफूले उपसभापति पाउनुपर्ने माग गर्नुभयो । बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने आश्वासन निर्वाचनअघि नै सभापति शेरबहादुर देउवाले दिनुभएको बताउनुभयो ।

गच्छदारअघि बोल्नुभएका नेता श्रेष्ठले पनि उपसभापतिमा आफ्नो दावी पेश गर्नुभएको थियो । समीक्षासम्बन्धी बैठक निरन्तर जारी छ । बैठक शुक्रबार बिहान ९ बजे पुनः बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार साँभ ५ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा