माइभ्याली गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

१२ बैशाख २०७५, बुधबार २२:५९ मा प्रकाशित

मंगलबारे, इलाम, १२ वैशाख । विभागीय टोली त्रिभुवन आर्मी क्लब इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिक्कम युनाइटेड भारतलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो ।

खेलको १५ औँ मिनेटमा आर्मीका दिनेश हेम्जनले पहिलो गोल गरे । त्यस्तै खेलको ७१ मिनेटमा फ्रि किकको सदुपयोग गर्दै सिक्किमका तर्फबाट इन्द्रजितले हेडमार्फत गर्दै गोल गरेर नतिजा बराबरीमा पु¥याएका थिए । तर, नवयुग श्रेष्ठले खेलको ७६ औँ मिनेटमा आर्मीका लागि दोस्रो गोल गरे । त्यसैगरी नवयुगले दिएको पासलाई सदुपयोग गर्दै भरत खवासले दोस्रो हाफपछि थपिएको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेर आर्मीलाई जित दिलाए ।

आर्मीका सन्तोष तामाङ्ग खेलको म्यान अफ दि म्याच हुँदै रु १० हजार प्राप्त गरे ।

बिहीबारको खेल थ्रीस्टार काठमाडाँै र नेपाल प्रहरीबीच हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान

इटालियन सिरिएको मिलान डर्बीमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जीत निकालेको छ । गएराती सम्पन्न शीर्ष दुई टोलीबीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा