भुकम्प पिडित नेपालीको टिपीएस नविकरण हुन्छकी, हुँदैन? : अन्यौलमा नेपाली अमेरिकन

१२ बैशाख २०७५, बुधबार ०८:५९ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस, १२ वैशाख । कोलोराडोमा बसोबास गर्दै आएका तेम्बा लामा मातृभूमिमा आएको प्रलयकारी भूकम्प पछि अमेरिका पसेका थिए । शन २०१५ को डिसेम्बरमा अमेरिका पसेका तेम्बा लामाले व्योहोरेको मानवीय विपत्तिले निम्त्याएको क्षति र कहिल्यै नपुरिने मनको घाउलाई तत्कालिन अमेरिकन सरकारले प्रदान गरेको टेम्प्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) को सुविधाले भत्किएको घर बनाउन र आफ्ना तीन लाला बालाको सपना पुरा गर्न निको हुने औषधी मल्हमको काम गर्यो । तर आजको चार दिन पछि म्याद सकिन लागेको अमेरिकन सरकारले प्रदान गरेको टेम्प्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) को सुबिधा थपिने होकी! होइन? यस्तै प्रश्नले यति बेला यता तेम्बा लामा र उता उनको परिवारजन निदाउन नसकेको धेरै रात बित्यो । यस्तै कथा बोकेकी क्यालिफोर्नियाकी माया श्रेष्ठको पनि हिंजो आज अनिश्चय र अन्यौलमा अमेरिकामा दिन कुरेरै र रात ननिदाई वितिरहेको छ । यी दुई प्रतिनिधि पात्र जस्तै झन्डै १० हजार भूकम्प पिडित नेपाली यतिबेला देवी देवता भाकल गर्दै ट्रंप प्रशासनले नेपालीलाई अमेरिकामा उपलब्ध गराएको टेम्प्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) को सुविधा थापिदियोस भन्ने कामना गरिरहेका छन् । तत्कालिन राष्ट्रपति बराक ओबामाले नेपालमा गएको प्रलयकारी भुकम्प पछि उपलब्ध गराएको टेम्प्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) को सुविधा आगामी बुधबार सकिंदैछ अर्थात् ट्रंप प्रशासनले आजको चौथो दिन गर्ने निर्णयनै टिपीएस सुविधा पाइरहेका झन्डै १० हजारको संख्यामा रहेका भूकम्प पिडित नेपालीको अमेरिका बसाइको निरन्तरता वा निश्चित समय पछि सुरु हुने डिपोर्टेसन मार्फत त्राशदी पूर्ण स्वदेश फिर्ती वा अमेरिका बसाइको अर्को कानुनी विकल्प खोज्ने खर्चिलो र झन्झटिलो यात्राको चोटिलो र पेचिलो मार्ग प्रसस्त गर्नेछ। शन २०१५ को प्रलयकारी भूकम्पमापरी झन्डै ९ हजारको ज्यान गएको थियो भने २२ हजार गम्भीर घाइते भएका थिए भने प्रतिशतका हिसावले करिव ३० प्रतिशत परिवार प्रभावित भएको र ८० लाख जनसंख्या मारमा परेको एक अध्यनले जनाएको छ । आगामी साता शन २०१५ को प्रलयकारी भूकम्पमापरी ज्यान गुमाउनेहरुको संझनामा नेपाल र नेपाल बाहिर विभिन्न कार्यक्रमहरु आयोजना हुँदैछ । तर अमेरिकामा बसोबास गरिरहेका भूकम्प पिडित नेपालीहरुका हकमा यो साता पुन: अर्को भुकम्पको धक्का सामना गर्नु पर्ने नियति दोहोरिएको छ । यस अघि ट्रंप प्रशासनले टेम्प्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) को सुबिधा प्राप्त गरेका सोमालिया, एमन र दक्षिण सुडानको हकमा नबिकरण नगरेर अर्को विकल्प खोज्ने एक वर्षको सुबिधा सहित डिपोर्टेसनको घन्टी बजाई सकेको छ । तर नेपाल प्रति संधै सकरात्मक रहेको अमेरिकी सरकारले टिपीएसको सुबिधा नविकरण गर्नेमा आशावादी छन् माया र तेम्बा जस्तै अमेरिकामा बसोबास गर्ने करिव १० हजार भूकम्प पिडितहरु । र उनीहरुको पिडामा मल्हम लगाउन गैर आवासीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिका, अमेरिकामा रहेको नेपाली कुटनीतिक नियोग, कानुन व्यावसायी खगेन्द्र जिसी, केशव सेडाई, अधिकारकर्मी शैलेश श्रेष्ठ देखि नेपाली अमेरिकनका दर्जनौ संघ संस्थाले टिपीएस नविकरणको लागि अमेरिकी मुलधारको राजनीतिमा गरेको लबिङ्ग कति सार्थक रह्यो यसको परिणाम भने बुधबार ट्रंप प्रशासनले गर्ने निर्णयसंगै सार्वजनिक हुनेछ । यसैबीच अमेरिकन मुलधारको संचार माध्यमले आज प्रकाशित गरेको समाचार अनुसार ट्रंप प्रशासन नेपालका भुकम्प पिडितले अमेरिकामा प्राप्त गरेको टेम्प्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) नविकरण नगर्ने निर्णयमा पुगेको भन्दै समाचार प्रकाशित गरेका छन् । यसको अर्थ नेपालका भुकम्प पिडितले अमेरिकमा प्राप्त गरेको टेम्प्रोररी प्रोटेक्टेड स्टाटसको अवधि थपिनेमा आशंका बढिरहेकोछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा