ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा

११ बैशाख २०७५, मंगलवार २२:०४ मा प्रकाशित

बैंकक, ११ वैशाख (एएफपी)। थाइल्याण्डले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनलाई दुई पक्षीय वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने इच्छा व्यक्त गरेको छ ।

आफ्नो देशले उहाँहरुको शिखर वार्ताका लागि स्वयमसेवी तरिकाले सवै व्यवस्था गर्न तयार रहेको थाइल्याण्डले मङ्गलबार जनाएको छ ।

थाइल्याण्डका विदेश मन्त्री डोन प्रामुडवीनैले पत्रकारसँग भन्नुभयो, “त्यो वार्ताका लागि आवश्यक सम्पूर्ण व्यवस्था गर्न थाइल्याण्ड तयार छ ।” अमेरिकी दूतावासले भने अहिलेसम्म यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

उत्तर कोरियाका नेता किमले आउदो शुक्रबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग शिखर वार्ता गर्ने तयारी भइरहेको छ । त्यो शिखर वार्तापछि ट्रम्पसँगको शिखर वार्ताका बारेमा केही निर्णय हुनसक्ने बताइएको छ ।

राष्ट्रपति ट्रम्पले नेता किमसँग आउदो जुनमा वार्ता हुनसक्ने यसअघि नै बताउनुभएको थियो । वार्ता उपलब्धिमुलक नहुने देखिएमै बीचमै छाड्ने बताउदै उहाँले वार्तालाई उपलब्धिमुलक बनाउन सर्तहरु पनि राख्नुभएको थियो । तर उहाँले कुन ठाउँमा कुन दिन हुने भन्ने बारेमा भने केही बताउनुभएको थिए ।

थाइल्याण्ड अमेरिकाको ऐतिहासिक कुटनीतिक सम्वन्ध भएको मुलुक हो भने उत्तर कोरियासँग पनि कुटनीतिक सम्वन्ध रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या

नयाँ दिल्ली, २६ बैशाख (रासस–एएनआई) – भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय

नयाँ दिल्ली । कोरोना महामारीको नयाँ प्रकारले आक्रान्त बनेको भारतमा पछिल्लो केही दिनयता भने संक्रमितको संख्यामा केही कमी आएको छ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै