आदिवासी जनजातीले साउन महिनाभित्रै नयाँ पार्टी खोल्ने

५ श्रावण २०६९, शुक्रबार ११:५० मा प्रकाशित

स्याङजा, ५ साउन । आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले आदिवासी जनजातिले साउन महिना भित्रै  नयाँ पार्टी खोल्ने बताउनु भएको छ । स्याङ्जाको सदरमुकाममा जनजाति नेता तथा कार्यकर्ता संगको भेटघाटको क्रममा लेखीले आफूहरुले नयाँ पार्टी खोल्ने जातीय लडाँइको लागि नभई जनजाति पहिचानको लागि भएको बताउनुभयो । लेखीले यही साउन २५ अर्थात अगष्ट ९ मा नयाँ पार्टी खोल्ने बताउनु भएको हो । बाहिर आएजस्तो गरी आफूहरुले जातीय राज्य नमागेको लेखीको भनाइ छ । यस्तै जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ् शेर्पाले साठी बर्षे राजनैतीतिक शक्तीले जनजातिहरुको मागलाई सम्बोधन गर्न नसकेकोले आफूुहरु नयाँ शक्ति निर्माणमा लागेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री