माइभ्याली गोल्डकप : मनाङ मस्यायाङ्दी सेमिफाइनलमा

११ बैशाख २०७५, मंगलवार ००:१० मा प्रकाशित

इलाम १० वैशाख । इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मनाङ मस्यायाङ्दी क्लब प्रवेश गरेको छ ।

आयोजक माइभ्याली फुटबल क्लब इलामलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै मनाङ मस्यायाङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

मनाङले पहिलो मध्याह्नमा गरेको गोल नै निर्णायक बन्यो । ३७ औँ मिनेटमा पाएको फ्रि किकलाई सदुपयोग गर्दै मनाङले अग्रता लिएको थियो । हेमन गुरुङको फ्रि किकलाई नाइजेरियन खेलाडी काचीले हेडमार्फत सानदार गोल गरेका थिए । दुवै टिमले थुप्रै अवसर पाएपनि गोल गर्नबाट चुकेका थिए ।

मनाङले अब बुधबार हुने त्रिभुवन आर्मी क्लब र सिक्किम युनाइडेटबीचको तेस्रो क्वाटरफाइनलको विजेतासँग शुक्रबार प्रतिष्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको