रोजगारीका लागि दोहोर्याएर कोरिया जान पाइने

५ श्रावण २०६९, शुक्रबार ११:३२ मा प्रकाशित


काठमाडौं, ५ साउन ।  नेपाली युवाको लागि दक्षिण कोरिया एक आकर्षक बैदेशिक रोजगारीको गन्तव्य हो । कामका लागि कोरिया जान नेपाली युवायुवतीहरु मरिहत्ते गर्ने गरेका छन् । यिनै बेरोजगार नेपाली युवाका लागि एउटा खुशीको खबर छ ।
गत मंगलबार नेपाल सरकार र दक्षिण कोरियाली सरकारबीच भएको श्रम सम्झौता अनुसार एकपटक कोरिया पुगेर फर्केका नेपाली कामदार पुनः बैदेशिक रोजगारका लागि त्यहाँ जान पाउने भएका छन् । यसअघि एकपटक कोरिया गएर फर्केपछि कामको सिलसिलामा पुनः त्यहाँ जान नपाउने व्यवस्था थियो । सम्झौतामा एकपटक पुगेर फर्किएका कामदारले भाषा परीक्षा लगायतको प्रक्रिया पनि पुरा गर्नुनपर्ने उल्लेख छ ।
‘६ बर्र्षदेखि एउटै कम्पनीमा काम गरेर फर्किएका कामदारले श्रम सम्झौता लिएर आएमा पनि त्यहाँ काम गर्न जान पाउने भएको छ,’ रोजगार अनुमति प्रणाली कार्यालयका संयोजक महेश आर्चायले भने, ‘यो व्यवस्थाले कामदारलाई थप फाइदा पुगेको छ ।’ नयाँ व्यवस्था अनुसार नेपाली कामदारले ४ बर्ष १० महिना काम गर्न पाउने भएका छन् । यसअघि ३ बर्षसम्ममात्र काम गर्न पाउने व्यवस्था गरिएको थियो । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली अनुसार झन्डै १४ हजार नेपाली कामदार त्यहाँ पुगीसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास

काठमाडौं । सत्ता समीकरणबारे नेपाली कांग्रेस र माओवादी केन्द्रसँग वार्ता चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले