चिनियाँ भूभागका दुर्घटना प्रमाणीकरण गरी पठाइने

९ बैशाख २०७५, आईतवार ०२:३७ मा प्रकाशित

रसुवा, ८ वैशाख (रासस) । रसुवागढी नाकाबाट केरुङ सामान लिन जाने मालबाहक सवारी साधन दुर्घटनामा परे अब चिनियाँ सुरक्षाकर्मीले दुर्घटना प्रतिवेदन सीमा क्षेत्रमा पठाउने भएका छन् ।

ल्हासास्थित महावाणिज्य दूतावासको आयोजनामा शुक्रबार केरुङमा सम्पन्न ‘सीमा क्षेत्रका समस्या र समाधान’ विषयक द्विदेशीय सीमा क्षेत्रको छलफलमा चिनियाँ भूभागमा गएका नेपाली मालबाहक सवारी साधन दुर्घटना हुँदा बीमाको क्षतिपूर्तिका लागि घटनाको प्रकृति खोली रसुवा प्रहरीलाई प्रतिवेदन पठाइदिनेमा महावाणिज्यदूत गोविन्दबहादुर कार्कीको उपस्थितिमा सीमा क्षेत्रका चिनियाँ सुरक्षा अधिकारीले सहमति जनाएको रसुवाका प्रमूख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो ।

छलफलमा रसुवा र केरुङका सुरक्षालगायत सरोकारवाला निकायका अधिकारीको सहभागिता रहेको थियो ।

व्यवसायीलाई पर्नसक्ने समस्या समाधान गर्न स्याउ र लसुन लोड भएका मालबाहक सवारी साधन चिनियाँ भन्सारबाट छिटो नेपाल पठाउने र रसुवागढी क्षेत्रमा पार्किङस्थलको अभाव भएकाले रसुवागढी पुगेका सबै सवारी साधन सोही दिन केरुङ पठाउन चिनियाँ सुरक्षाकर्मी सहमत भएको बताइएको छ ।

यसअघि रसुवागढी सीमा क्षेत्रबाट केरुङका लागि दैनिक ६० वटा मात्र सवारी साधन जाने गरेका थिए ।

यस्तै, स्थानीय बासिन्दालाई मात्र केरुङ जान दिने सन् २०१२ को समझदारीलाई पुनरवलोकन गर्दै प्रत्येक नेपालीलाई वान्डे (एकदिने) पास एवं बिजनेस पास दिन र नेपालबाट चीनतर्फ कृषि उपज एवं मासुजन्य पदार्थ निकासीका लागि आफूले प्रस्ताव राखेको प्रजिअ न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा