आठ क्विण्टल गाँजा र २० केजी चरेससहित पाँच जना पक्राउ

५ श्रावण २०६९, शुक्रबार ११:४४ मा प्रकाशित

काठमाडौ, ५ साउन । महोत्तरीको हाथिलेट ८ बाट प्रहरीले ठुलो परिमाणमा गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी ज्यामिरेबाट बर्दिवास हुदै बा २ ख १९ १५ नं को कन्टेनरमा भारततर्फ लग्न लागिएको ८ क्विन्टल ३९ केजी गाँजासहित ३ जनालाई गएराती ईलाका प्रहरी कार्यालय बर्दिवासले पक्राउ गरेको हो ।  कन्टेनरभित्र २७ पोका गाँजासँगै उदयपुरको कटारी लग्नुपर्ने बियर भएका कार्टुन रहेको प्रहरीले जनाएको छ  । लुकाएर लग्ने क्रममा प्रहरीले चितवन अध्यनपुरका चालक रबिन्द्र मुक्तान, मकवानपुर  डाँडाखर्क–५ का डीलराज थलन र धादिङ्गका प्रलाद कोईरालालाई पत्राउ गरेको छ ।
त्यसैगरी ५लाख मुल्य बराबरको २० केजी चरेससहित प्रहरीले कपिलवस्तुको भिल्मीबाट १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिल्मी बन्चौरा नाका अजिगराका २१ बर्षीय जगदीश चमार रहेका छन् । सीमा क्षेत्रमा रोकिराखेको मोटरसाइकल शंकास्पद लागि चेकजाँच गर्दा डिक्कीमा लुकाएर राखेको अवस्थामा चरेस फेला परेको भिल्मी प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्ति ओसारपसारकर्ता मात्र रहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव