अष्ट्रिया रेल दुर्घटनामा कम्तिमा ५४ यात्रु घाइते

८ बैशाख २०७५, शनिबार ००:५६ मा प्रकाशित

भियना, ७ वैशाख । अष्ट्रियाको साल्जवर्ग शहरमा शुक्रबार रेल दुर्घटना हुँदा कम्तिमा ५४ जना घाइते भएका अष्ट्रियाली प्रहरी प्रवक्ताले संचार माध्यामहरुलाई बताएका छन् ।

घाइते सवै यात्रुको साल्जस्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

परस्पर विपरित दिशाबाट आएका दुवै रात्रिकालीन रेल रहेका र दुवै विस्तारै गुडिरहेका समयमा दुर्घछना भएकाले रेलका धेरै मानिस सशुसल भएका प्रहरीले जनाएको छ । दुर्घटनाको सम्बन्धमा सत्यतथ्य पत्तालगाउन अनुसन्धान शुरू गरिएको प्रहरी प्रवक्ताले बताए ।

दुर्घटनाको समय प्राय यात्रुहरू निद्रामा रहेका भएपनि रेलको गति तीब्र नभएका कारण ठूलो मानवीय क्षति नभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको गतिले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख

इजरायलको एक धार्मिक समारोहमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ । इजरायली अधिकारीहरुका अनुसार इजरायलको पुर्व पश्चिम क्षेत्र माउण्ट

पेरिस । अमेरिकी औषधि उत्पादक कम्पनी मोडर्नाले सन् २०२२ मा कोभिड–१९ विरुद्धको तीन अर्ब डोज खोप उत्पादन गर्ने बिहीबार घोषणा