कलाकार गेहेन्द्रमान अमात्य, प्रा उषा ठाकुर तथा स्नेह पोखरेललाई ‘गोधुली साहित्य सम्मान’

८ बैशाख २०७५, शनिबार ००:३८ मा प्रकाशित

काठमाडौँ, ७ वैशाख । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले साहित्यकारले नेपालको प्राकृतिक तथा भौगोलिक सुन्दरतालाई आधार बनाएर साहित्य सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

गोधूली साहित्यिक प्रतिष्ठानको सातौँ वार्षिकोत्सवका उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उहाँले केही वर्षभित्र नै नेपाललाई विकसित राष्ट्रको उचाइमा पु¥याउन साहित्यकारलगायत सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । साहित्यकार भद्राकुमारी घलेले आफूले हालसम्म १४० वटा साहित्यिक पुस्तक लेखिसकेको जानकारी दिँदै देश, समाज तथा मानव जातिको उत्थानका लागि केही न केही काम गरेर देखाउने बेला आएको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्य, प्रा उषा ठाकुर तथा स्नेह पोखरेललाई ‘गोधुली साहित्य सम्मान’ तथा बसुश्री पाण्डे र राधा भण्डारीलाई जनही रु १० हजारको ‘गोधूली पुरस्कार’ प्रदान गरिनाका साथै अरू १० साहित्यकारलाई सम्मान गरिएको थियो । सो अवसरमा राजेन्द्र पौडेलद्वारा लिखित ‘ अन्तरमनको सुसेली’ शीर्षक कविता सङ्ग्रह विमोचन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो