‘प्रचण्ड’ पार्टी एकिकरण पछिको राजनीतिक भविष्यलाई लिएर ससंकित

८ बैशाख २०७५, शनिबार ००:३५ मा प्रकाशित

काठमाडौँ, ७ वैशाख । पार्टी एकता अघिनै ‘प्रचण्ड’ले आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्न कार्यकारी अध्यक्ष पदको मोल मोलाई सुरु गरेको कारण अन्यौल ग्रस्त बन्दै गएको गरेको एकिकरण प्रक्रिया टुंगोमा पुर्याउन नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल बीच शुक्रबार पनि गम्भीर छलफल भएको छ ।

पार्टी एकता संयोजन समितिले वैचारिक र सांगठनिक कार्यदलका प्रतिवेदनलाई अन्तिम टुंगोमा पुर्याउन दुई अध्यक्षलाई जिम्मेवारी दिएको भनिएपनि प्रचण्डले खोजेको कार्यकारी अध्यक्ष र महाधिवेशन पछिको अध्यक्ष पदको लिखित ग्यारेन्टी दिन एमाले नेतृत्वले अस्विकार गरेपछि पार्टी एकिकरण प्रक्रियामा माओवादी अध्यक्ष प्रचण्डको रुचि घट्दै गएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले उहाँहरुबीच गम्भीर र सकारात्मकरुपमा छलफल जारी रहेकाले दुवै पार्टीका नेता र कार्यकर्ताको अपेक्षाबमोजिम निकट भविष्यमै पार्टी एकता प्रक्रियाले निर्णायक मोड लिने दावी गरेका छन् । यद्यपि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने आफ्नो राजनीतिक भविष्य सुनिश्चित नदेखेका कारण आगामी साता बैशाख ९ गते हुने भनिएको दुई पार्टीको एकिकरण नहुने भएको छ ।

प्रचण्डको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार कार्यकारी अध्यक्ष र महाधिवेशन पछिको अध्यक्ष सुनिश्चित नभएमा ५० प्रतिशत पदाधिकारीमा मात्र एकता गर्ने निष्कर्षमा माओवादी नेतृत्व पुगेको छ  । जसका कारण भोलि आफ्नो राजनीतिक भविष्य सुनिश्चित नहुँदा पार्टी विभाजनको लागि आवश्यक संख्या पुर्याउन सहज होस्  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय