राजामामा कुसुण्डाको शवमा छोरीले दागबत्ती दिइन्

५ बैशाख २०७५, बुधबार २३:०५ मा प्रकाशित

तनहुँ, ५ वैशाख । लोपोन्मुख जातिका ६५ वर्षीय राजामामा कुसुण्डाको आज बिहान निधन भएपछि उनको पार्र्थिव शरीरमा १० वर्षीय छोरी सिमान्तले दागबत्ती दिएकी छन् ।

पवित्र मादी र सेती घाटमा पुर्याइएको बाबुका पार्थिव शरीरमा छोरी सिमान्तले दागबत्ती दिएकी हुन् । घाटमा लाने बेला उनको शवमा प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले समेत काँध थापेका थिए ।

उनको पार्थिव शरीरमा नेपाल आदिवासी जनजाति समन्वय परिषद्का सल्लाहकार यामबहादुर आले र जिल्ला अध्यक्ष वसुन्धरा घर्तीले जनजातिको झण्डा ओढाएका थिए ।

राजामामाकी पत्नी इन्द्रमाया श्रीमान्को क्रिया बस्ने बताइएको छ । आज बिहान व्यास–१० स्थित आफ्नै घरको आँगनमा एक्कासि ढलेका राजामामाको केही बेरपछि निधन भएको थियो ।

उनी लामो समयदेखि पे्रसरको बिरामी थिए । राजामामाको निधनपछि कुसुण्डा भाषाको संरक्षण कस्ले गर्ने भन्ने चिन्ता बढेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै अस्पतालहरुमा क्षमता अनुसारको अक्सिजन प्लान्ट राखिने बताउनुभएको छ । उहाँले प्लान्ट