पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

३ बैशाख २०७५, सोमबार २१:३३ मा प्रकाशित

काठमाडौँ, ३ वैशाख । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।

निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई÷दुई मूल्य वृद्धि गरेको जनाएको छ ।

समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर रु ८७ कायम भएको छ ।

स्वतः सञ्चालित मूल्य संरचनाअनुसार बिक्री मूल्य समायोजन गर्दा निगमको अर्ध मासिक नाफा करीव रु २१ करोड हुने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर