माओवादी केन्द्र र एमाले पार्टी एकीकरण पेचिलो बन्दै, प्रधानमन्त्री ओली–प्रचण्ड भेटवार्ता

३ बैशाख २०७५, सोमबार २१:२९ मा प्रकाशित

काठमाडौँ, ३ वैशाख । यसै साता पार्टी एकीकरण गर्ने पूर्व उद्घोषका बीच उत्पन्न अन्यौल साम्य पार्न र पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आज भेट भएको छ ।

प्रधानमन्त्री ओली छिमेकी भारतबाट फर्केलगत्तै गत चैत २७ मा बस्ने भनिएको तर हालसम्म नबसेको पार्टी एकता संयोजन समितिको बैठक चाँडै डाक्ने विषयमा उहाँहरुबीच छलफल भएको हो ।

दुई पार्टीको कार्यदलले यही वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा दिन एकता गर्न दिएको सुझावलाई यसअघिको एकता संयोजन समितिको बैठकले सकारात्मक रुपमा लिएको भएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्ति र अडान ‘बराबरी हैसियतमा पार्टी एकता’ ले दुई पार्टी एकीकरण मुद्धा थप पेचिलो बन्दै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय