पर्साका ट्राफिक प्रहरी प्रमुख होटलमा दुई यूवतीहरुसंग आपत्तीजनक अवस्थामा फेला

४ श्रावण २०६९, बिहीबार २२:३६ मा प्रकाशित

अमित अग्रवाल, वीरगन्ज,४ साउन ।     पर्साका ट्राफिक प्रहरी प्रमुख लक्ष्मण सिंह ठकुरी बिहिबार वीरगन्जको एक होटलमा आपत्तीजनक अवस्थामा फेला परेका छन । डयुटी समयमै ट्राफिक प्रहरी निरिक्षक ठकुरी सम्झाना होटलमा दुई जना युवतीहरुका साथ आपत्तीजनक अवस्थामा भेटिएका हुन ।
होटलको १०२ नम्बर कोठामा ठकुरी बिहिबार दिउसो तीन बजे युवतीहरुसंगै आपत्तिजनक अवस्थामा फेला परेका हुन । ठकुरी दिउसो २ बजे होटलमा पसेका थिए । प्रहरी निरिक्षक ठकुरी युवतीका साथ होटलमा प्रवेश गरेको देखेपछि होटल अगाडि रहेका एक व्यापारीले पत्रकारहरुलाई खबर गरेका थिए । ठकुरीले होटलको कोठामा युवतीहरुसंगै मदिरा सेवन गरेर मोजमस्ती गरिरहेको खबर थाहा पाएर पत्रकारहरु होटलमा पुग्ने बित्तिक्कै ठकुरी एकाएक होटलबाट बाहिरिएका थिए । कोठामा  पत्रकारहरु  पुग्दा दुवै युवतीसंग प्रहरी निरिक्षक ठकुरी खनापीन गरिरहेका थिए । कोठामा टुबोर्ग बीयरको तीन वटा क्यान , सीतन लगायतका खानपिनका सामानहरु  थिए । होटलमा ठकुरीसंग बारा सिमराका अन्दाजी २८÷३० वर्षिय सुनीता राना र छाँया गुरुङ नामका दुइ युवती फेला परेका हुन । तर ठकुरीले  उनीहरु काठमाण्डौको निवासी भएको बताए पनि युवतीहरु स्वंयले सन्चारकर्मीहरुसंगको कुराकानीमा आफुहरु सिमाराको भएको बताएका छन् । ठकुरीले दुवै युवती आफनो चिनजानको मात्रै भएको बताए । उनिहरु चिनजानका हुन्, आफन्त चाही होइनन् ठकुरीले भने कामका शीलशीलमा उनिहरु वीरगन्ज आएका बेला भेटन मात्र  गएको हो । ठकुरीले थपे कर गरेपछि मैले आलुको फिङगर चिप्स मात्रै खाएको हु , बीयर मैले खाइन , उनिहरुले खाएका होलान् । आफु काठमाण्डौमा कार्यरत छदा ती दुवै युवतीसंग चिनजान भएको ठकुरीले बताए । उनिहरु वीरगन्ज आउनुको कारण बारे आफुलाइ केहि थाहा नभएको ठकुरीले बताए । मलाइ फोन गरेर आग्रह गरेकाले मैले होटलमा एक डेढ घण्टाका लागि कोठा बुक गराइदिएको हु ठकुरीले भने साह्रै कर गरेकाले नै भेटन गएको हु , अरु त्यस्तो कारण केहि  छैन ।  युवतीहरु वीरगन्ज आउनु र होटलमा एक डेढ घण्टाका लागि मात्रै कोठा बुक गराउनुको कारण आफुलाइ केहि थाहा नभएको ठकुरीले बताए । उनिहरु के कति कारणले वीरगन्ज आएका हुन यस बारेमा मैले केहि सोधिन प्रहरी निरिक्षक ठकुरीले भने । होटल परिसरमा पत्रकारहरु पुगेपछि  प्रहरी निरिक्षक ठकुरी बाहिरिए लगत्तै युवतीहरु पनि होटल छाडेर भागेका थिए । उनिहरुले आफुहरुलाइ वीरगन्जमा प्रहरी निरिक्षक ठकुरीले नै बोलाएको र होटलको कोठा बुक गराएको बताए । होटल सन्चालकले पनि ठकुरीकै फोनका आधारमा कोठा बुक गरिदिएको बताए । युवतीहरुले आफुहरु सिमरा निवासी भएको बताएपनि होटलको दर्ता रजिष्टरमा उनिहरु दुवैको ठेगाना काठमाण्डौ उल्लेख छ । युवतीहरुले यस अघि पनि धेरै पटक प्रहरी निरिक्षक ठकुरीसंग वीरगन्जमै आएर भेटेको बताएका छन । ट्राफिक प्रहरी कार्यालयमै रहेको ठकुरीको निवासमा धेरै पटक आएर भेटेका छौं …सुनीताले सन्चारकर्मीसंग भनिन् । ट्राफिक प्रहरी निरिक्षकका बारेमा पत्रकारहरुले हल्लीखल्ली गरेपछि जिल्ला प्रहरी कार्यालय पर्साले बिहिबार साँझ प्रहरी निरिक्षक ठकुरीसंग सोधपुछ गरेको छ । एसपी पिताम्बर अधिकारीको कार्यकक्षमा ठकुरीलाइ झिकाएर सोधपुछ गरिएको डिएपी रविन्द्र केसीले बताए । सोधपुछ भयो , बाहिर हल्ला आए जस्तो ठकुरीमा गलत मनशाय त्यस्तो केहि देखिएन …डिएसपी केसीले बताएका थिए । सोधपुछका क्रममा एसपीको कार्यकक्षमा रहेका सन्चारकर्मीले ठकुरीले मादक पदार्थ सेवन गरेकाले मापसे चकेजाँच गर्न दबाब दिए पनि एसपी अधिकारीले सुनेको नसुन्यै गरे  । होटल समझानामा अवैध रुपमा यौन व्यवसाय सन्चालन हुदै आएको छ । समझना होटलमै एक महिना अघि पनि आपत्ती जनक अवस्थामा दुइ जना युवती फेला परेपछि प्रहरीले दुवै युवती र होटल सन्चालक पशुपतिविक्रम शाहलाइ नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक