काँग्रेसको सुधारको लागि नेतृत्व परिवर्तन जरुरीः नेता पौडेल

३० चैत्र २०७४, शुक्रबार २३:३० मा प्रकाशित

धुलिखेल, ३० चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्न नेतृत्व परिवर्तन जरुरी रहेको बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोकको बनेपामा रामभक्त कोख श्रेष्ठ स्मृति सिरपाः प्रबन्ध समितिले आयोजना गरेको १६ औँ साधारणसभा तथा सम्मान कार्यक्रममा उहाँले राष्ट्रलाई सही दिशामा लैजानका लागि पार्टीलाई पहिला सुधार गर्न आवश्यक रहेको बताउनुभएको हो । काँग्रेस सुधार हुन सके मत्रै राष्ट्र सुधार हुने नेता पौडेलको भनाइ छ ।

नेता पौडेलले सुधारको अभियान आफूबाट शुरुआत गर्नुपर्ने जरुरी रहेको बताउँदै यसको शुरुवात काँगे्रसबाटै गर्ने बताउनुभयो । “म भन्न चाहन्छु, पहिला काँग्रेसीलाई सुधार गरेर र राष्ट्रलाई समेत सुधार गर्ने जिम्मेवारी काँग्रेसले लिनुपर्छ ।”
कार्यक्रममा राजनीतिक विश्लेषक पुरुषोतम दाहाल, काँगे्रसका जिल्ला सभापति मधुप्रसाद आचार्य, संस्कृतिविद् ज्ञानकाजी मानन्धर, वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत, समितिका अध्यक्ष हरिभक्त भोछिभोया लगायतले प्रजातन्त्र स्थापनामा बनेपालीकोे योगदानबारे विचार व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने निर्णय गरेको छ । काँग्रेस सभापति