पार्टीभित्रको गुट उपगुटलाई समाप्त गर्नु आवश्यक महामन्त्री कोइराला

२९ चैत्र २०७४, बिहीबार २२:२७ मा प्रकाशित

पर्सा, २९ चैत्र । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेताहरुको गुटउपगुटले नेपाली पार्टीलाई कमजोर बनाएको बताउनुभएको छ ।

नेपाल तरुण दल केन्द्रीय समितिले आज वीरगन्जमा आयोजना गरेको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले ठूला नेताहरुले आ–आफनो गुट उपगुट बनाएकै कारण तीनै तहको निर्वाचनमा पार्टीले हार व्यहार्नु परेको बताउनुभयो ।

महामन्त्री डा कोइरालाले काँग्रेसले जनताका पक्षमा गरिएको राम्रा कामबारे जनतालाई बनाउन नसकेको र पार्टीभित्रको विवादले नै निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेकाले चार वर्षपछि हुने निर्वाचनकालागि अहिलेदेखि नै तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले जातीय, धार्मिक, सांस्कृतिक, भौगोलिक विविधता रहेको नेपालमा सबैलाई मिलाएर हिँड्ने दक्षता वामपन्थीमा नरहेकाले वामपन्थीको सरकार लामो समय नटिक्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार साँभ ५ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा