सृंखला खतिवडाको शिरमा मिस नेपाल २०१८ को ताज

२९ चैत्र २०७४, बिहीबार ००:४८ मा प्रकाशित

काठमाडौँ, २८ चैत । हेटौंडाकी २२ वर्षीया श्रृंखला खतिवडाले ‘मिस नेपाल २०१८’ को ताज पहिरिने अवसर प्राप्त गरेकी छिन । काठमाडौँमा बुधबार राति सकिएको मिस नेपाल प्रतिस्पर्धामा हेटौंडाकी २२ वर्षीया खतिवडाले आफ्ना २४ जना प्रतिस्पर्धीलाई उछिन्दै ‘मिस नेपाल २०१८’ को उपाधि जितेकी हुन् ।

प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको, समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’ भन्ने प्रश्नको उत्कृष्ट जबाफ दिँदै सृंखला खतिवडाले मिस नेपाल २०१८ को ताज पहिरिने अवसर प्राप्त गरेकी हुन् ।

सेकेण्ड रनरअप मनिता देवकोटाले मिस नेपाल यूनिभर्स २०१८ को ताज पहिरिने अवसर प्राप्त गरेकी छिन । उनले ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

यसैगरी, ‘मिस नेपाल अर्थ’को उपाधि प्रिया सिग्देलले जितेकी छिन् । प्रियाले यसबर्ष ‘मिस अर्थ’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

‘मिस नेपाल इन्टरनेशनल’को उपाधि भने रोनाली अमात्यले हात परेकी छिन् ।

मिस नेपाल २०१८ को विभिन्न विधाको उपाधि प्राप्त गर्नेहरुको नामावली :

१) ब्यूटिफूल हेयरः श्रृङ्खला खतिवडा
२) मिस फ्रेन्डसिपः साहारा लामा
३) मिस फोटोजेनिकः महिमा सिंह
४) मिस पक्चुअलः लक्ष्मी पौडेल
५) मिस इन्टेलेक्चुअलः आश्मा ढुंगाना
६) मिस बेष्ट ऐथ्लिटः मेघा श्रेष्ठ
७) मिस कन्फिडेन्टः आस्था साख
८) मिस फ्याशिनोः श्रृङ्खला खतिवडा
९) मिस ग्ल्यामरः मनिता देवकोटा
१०) मिस पपुलर च्वाइसः सन्ध्या अधिकारी
११) मिस ट्यालेन्टः रोनाली अमात्य
१२) ब्यूटी विथ द प्रपोजः प्रिया सिग्देल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेतृ रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा विप्लवसँग भएको

बलिउड अभिनेत्री जान्ह्वी कपुर आफ्नो फिल्म रुहीको विषयमा अहिले चर्चामा छिन् । हालै मात्र आफ्नो जन्मदिन मनाएकी उनी आफ्नो फिल्मको

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी