समझदारीपत्रमा हस्ताक्षर

२७ चैत्र २०७४, मंगलवार २१:५७ मा प्रकाशित

काठमाडौँ, २७ चैत । नेपाल चेम्बर अफ कमर्स र भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीबीच दुई पक्षीय समझदारीपत्रमा आज हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा चेम्बरकोतर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र भियतनाम चेम्बरकोतर्फबाट अध्यक्ष डा भू टिइन लकले हस्ताक्षर गर्नुभएको छ ।

चेम्बरका अनुसार बुधबारदेखि आगामी वैशाख १ गतेसम्म हुने चारदिने २८औ भियतनाम इन्टरनेशनल ट्रेड फेयरमा चेम्बरको उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

सो फेयरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय एक प्रतिनिधिमण्डल त्यसतर्फ जाने कार्यक्रम रहेको छ ।

नेपाल र भियतनाम दुई देशबीचको आर्थिक तथा व्यापारिक अभिवृद्धिका लागि सूचनाको आदानप्रदान गर्ने, दुई देशका प्रतिनिधिमण्डलबीच अनुभव आदानप्रदानका लागि भ्रमण गर्नेलगायतका बुँदा समेटिएको चेम्बरले जनाएको छ ।

यस्तै वैदेशिक व्यापार तथा लगानी अभिवृद्धिका लागि नीतिनियम सूचना आदानप्रदान गर्ने, व्यापार तथा प्रविधि मेलामा सहभागिता जनाउनेलगायतका बुँदा उल्लेख गरिएको चेम्बरका प्रमुख कार्यकारी अधिकृत कैलाशकुमार बजियमले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड