राष्ट्रिय रोबोर्टिक्स प्रतियोगिता हुने

४ श्रावण २०६९, बिहीबार १६:३० मा प्रकाशित


काठमाडौं साउन ४ । साउन ५ र ६ गते दरशथ रंगशालाको कभर्डहलमा राष्ट्रिय रोबोर्टिक्स प्रतियोगिता (यन्त्र १.०) हुने भएको छ । नेपालमा पहिलो पटक हुने लागेको रोबोटिक्स प्रतियोगिता वृटिश राजदूत जोन टक्नटको प्रमुख अतिथ्यमा विहान ८.३० बजेदेखि सुरुहुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
प्रतियोगितामा काठमाडौं इन्जियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, काठमाडौं युनिभरसिटी र अन्य प्लस टु कलेजलगायत २५ वटा कलेजको वीचमा प्रतिष्पर्धा हुने छ । राष्ट्रिय रोबोटिक्स प्रतियोगितालाई यन्त्र इन्जिनियरिङ र यन्त्र कलेज गरी दुई भागमा बाँडिएको छ ।
मिशन नेपाल नामको प्रतियोगिताले नेपालको भौगोलिक क्षेत्रलाई हिमाल, पहाड र तराईलाई प्रतिविम्ब गर्ने जनाएको छ । ४० भन्दा रोबोर्ट प्रतियोगिबाट छानिएर उत्कृष्ट भएका २४ वटा रोबोटहरुले ५ र ६ गतेकोे अन्तिम प्रतिष्पर्धामा भाग लिने छन् ।
यन्त्र इन्जिनियरिङ प्रतियोगिताको विजेताले  ५० हजार र यन्त्र कलेजको विजेतालाई  ३० हजार पुरस्कारको दिइने छ । यस बाहेक बेष्ट डिजाईन एवार्ड, वेष्ट अटोमेशन एवार्ड, वेष्ट पर्फमेन्स एवार्ड, भोटर्स एवार्ड र फेस बुक पपुलारिटि एवार्ड समेत प्रदान गरिने छ । यि एवार्डहरुलाई एसएमएस भोटिङबाट छानिने छन् ।
पत्रकार सम्मेलनमा नेपाल अटोमोवाईल डिलर्स एसोसिएसनका महासचिव दिपक थापाले हाम्रो देशमा शिप र क्षमता भएका विद्यार्थीहरु विदेश पलायन हुनबाट रोक्न राज्यले पहल गर्नुपर्ने बताए ।
उनले भने– नेपालका प्रतिभावान विद्यार्थीहरुले बनाएका रोबोट र उनीहरुले उत्पादन गरको सुरक्षा प्रविधिहरुलाई अटोमोवाईल सुरक्षाको लागि प्रयोग गरी उनीहरुको शिप र क्षमताको कदर गर्न सकिने दावी गरे ।
रोबोटिक्स एसोसिएसनका अध्यक्ष सुनोजदास श्रेष्ठले राष्ट्रिय रोबोटिक्स प्रतियोगिताको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ

जापानी अर्बपति युसाकु मेजावाले चन्द्रमा भ्रमण गर्नका लागि आठ जना सर्वसाधारणको खोजी गरिरहेका छन् । मेजावाले आफ्नो ट्वीटर अकाउन्ट मार्फत