क्यानडामा सडक दुर्घटनाबाट १४ हकी खेलाडीको मृत्यु

२४ चैत्र २०७४, शनिबार २१:४३ मा प्रकाशित

ओटावा क्यानडा, २४ चैत । क्यानडाको दक्षिणपश्चिमी सास्काचवन प्रान्तमा एक ट्रकले ‘जुनियर हकी’ का खेलाडी बोकेर हिँडिरहेको एक बसलाई ठक्कर दिँदा कम्तिमा १४ जना खेलाडीको मृत्यु भएको र खेलाडीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

बस चालकसहित २८ जनासहित राजमार्ग ३५ मा गुडिरहेको बसलाई एक मालबाहक ट्रकले ठक्कर दिएपछि १४ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

शुक्रबार राती हुने ‘सस्काचुवन जुनियर हकी लिग’ खेल्न उक्त समूह ‘द हम्बोल्ट ब्रोन्कोस’ गन्तब्यतर्फ गइरहेका समय उक्त दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको गतिले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख

इजरायलको एक धार्मिक समारोहमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ । इजरायली अधिकारीहरुका अनुसार इजरायलको पुर्व पश्चिम क्षेत्र माउण्ट

पेरिस । अमेरिकी औषधि उत्पादक कम्पनी मोडर्नाले सन् २०२२ मा कोभिड–१९ विरुद्धको तीन अर्ब डोज खोप उत्पादन गर्ने बिहीबार घोषणा