संविधानसभाको होईन संसदको निर्वाचन हुनुपर्छः नेपाल

४ श्रावण २०६९, बिहीबार १६:२० मा प्रकाशित

काठमाडौ, ४ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले तोकेअनुसार आगामी मङ्सिर ७ गते संविधानसभाको निर्वाचन हुने कुनै गुञ्जयास नभएकाले अब संसदीय निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
नेपाल शिक्षक युनियनको तीनदिने पाँचौ राष्ट्रिय परिषद् बैठकको आज यहाँ उद्घाटन गर्दै नेता नेपालले कुनैपनि मुलुकमा सरकारलाई संविधानसभाको मिति तोक्ने अधिकार नभएकाले अब यो सरकारको विस्थापन गरी संविधानका विवादित मुद्दामा सहमति गरेर नयाँ संसद्बाट संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।
‘सङ्घीयतालगायतका विवादित विषयमा जनमतसङ्ग्रह पनि गर्न सकिन्छ, त्यही समयमा संसद् र स्थानीय निकायको निर्वाचन पनि गर्न सकिन्छ, यो काम यसै वर्षको चैतभित्र गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
एमाओवादीले आफ्नो छापको नयाँ संविधान ल्याउन खोजेको र आफूहरुले लोकतन्त्रको छाप भएको संविधानका लागि प्रयास गरेकाले संविधानसभाका असामयिक अवसान भएको दाबी गर्दै नेता नेपालले सेना र हतियारसहित सो पार्टीलाई सरकार, संसद् र निर्वाचनमा भाग लिन दिएर आफूहरुले गल्ती गरेको पनि उल्लेख गर्नुभयो ।
उहाँले शिक्षकहरुलाई सामाजिक रूपान्तरणमा अग्रसर हुन र गुणस्तरीय शिक्षाका लागि जिम्मेवार बन्न आह्वान गर्दै राज्यले शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाई रोजगारको सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले शिक्षकहरुका पेसागत मागप्रति राज्य गम्भीर हुनुपर्ने भन्दै लोकतन्त्रका लागि शिक्षकहरुले गरेको आन्दोलनको सम्मान गरिने बताउनुभयो ।
कार्यक्रममा शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माले सरकारले शिक्षा ऐनलाई वैकल्पिक उपायबाट संशोधन गरी शिक्षकका माग पूरा गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

यसैगरी, पूर्व शिक्षामन्त्री रामचन्द्र कुशवाह, राष्ट्रिय जनमोर्चाका मनोज भट्ट, नेपाल प्राध्यापक सङ्घका महासचिव रामेश्वर उपाध्याय, नेपाल शिक्षक युनियनका अधयक्ष दीलहादुर जोशी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका बाबुराम अधिकारी, नेपाल शिक्षक सङ्घका अध्यक्ष मोहन ज्ञवाली, अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष गुणराज लोहनी, नेपाल बार एसोसिसनका अध्यक्ष प्रेमबहादुर खड्कालगायतले शिक्षकहरुका पेसागत समस्याका बारेमा बोल्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका