मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

२३ चैत्र २०७४, शुक्रबार २१:२७ मा प्रकाशित

ललितपुर, २३ चैत । राष्ट्रिय मानव अधिकार आयोगले आउँदो सोमबारबाट काठमाडौंमा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

आयोगले आज पत्रकार सम्मेलन गरी दण्डहिनताको अन्त्य, मानव अधिकार उपयोगको सुनिश्चितता सम्बन्धमा सम्मेलनमा छलफल हुने जनाएको छ ।

दक्षिण एशियाली राष्ट्रहरूमा देखिएका समस्या तथा प्रगति सम्बन्धमा सामूहिकरुपमा छलफल गरेर निष्कर्ष निकालिने आयोगकी प्रवक्ता मोहना अन्सारीले बताउनुभयो । उहाँले भन्नुभयो, “दक्षिण एशिया र एशिया प्रशान्तमा रहेका मानव अधिकारको अवस्थाका विषयमा विज्ञद्वारा कार्यपत्र प्रस्तुत र छलफल हुनेछ । छलफलका निष्कर्षहरूसहित साझा अवधारणास्वरुप काठमाडौँ घोषणापत्र जारी हुनेछ ।”

सम्मेलनमा नेपालसँगै भारत, अफगानिस्तान, बंगलादेश, मालदिभ्स, पाकिस्तान, श्रीलंका, मलेशिया, म्यानमार, जोर्डनलगायतका मुलुकका राष्ट्रिय मानव अधिकार संस्थाका प्रमुख आयुक्त र आयुक्त सहभागी हुनेछन् । सम्मेलनमा २० राष्ट्रका ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुनेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने आयोजकले जनाएको छ । यही २६ चैतमा शुरु हुने सम्मेलन २८ गतेसम्म चल्ने छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्यायाधिवक्तामार्फत धम्क्याएको बताएका छन् । उनीहरूले शनिवार

काठमाडौं । प्रधानमन्त्रीविरुद्ध प्रदेशसभा बैठकमा नै आपत्तिजनक अभिव्यक्ति दिएका नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले आत्मालोचना गरेका छन् । प्रदेशसभाको