श्वेतपत्रमा गलत आँकडा देखाएर भ्रम छरिएको छ : नेता पौडेल

२२ चैत्र २०७४, बिहीबार २३:१९ मा प्रकाशित

तनहुँ, २२ चैत । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्थमन्त्रीले संसद्मा पेश गरेको श्वेतपत्रमा अर्थतन्त्रको गलत आँकडा देखाएर जनतामा भ्रम छरेको आरोप लगाउनुभएको छ ।

घिरिङ गाउँपालिका–२ मा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले २०४८ सालपछि कमजोर अर्थतन्त्रलाई कांग्रेसले अहिलेको अवस्थामा ल्याएको जिकिरसमेत गर्नुभयो ।

जनतालाई विभिन्न आश्वासन बाँडेर वाम गठबन्धनले मत पाए पनि जनताको माग र चाहना पूरा गर्न नसक्ने विचार उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा कांग्रेस तनहुँका कावा सभापति जीतप्रकाश आले, कांग्रेस नेता कृष्णराज पण्डितलगायतले कांग्रेसले चुनावी हारको समीक्षा गर्दै आगामी दिनमा सक्रिय र सशक्त ढंगबाट अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही