८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा दुरुपयोग: क्याम्ब्रिज एनालिटिका

२२ चैत्र २०७४, बिहीबार २३:१४ मा प्रकाशित

लन्डन, २२ चैत, (बिबिसी) । बेलायतको राजनीतिक संस्था क्याम्ब्रिज एनालिटिकाले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा दुरुपयोग गरेको फेसबुकले जनाएको छ । तीमध्ये ११ लाख फेसबुक प्रयोगकर्ताहरु बेलायती रहेको बीबीसीले उल्लेख गरेको छ । यो संख्या यसअघि पत्ता लागेको तथ्याङ भन्दा निकै बढी हो । यसअघि क्याम्ब्रिज एनालिटिकाले ५ करोड फेसबुक प्रयोगकर्ताका डाटा दुरुपयोग गरेको खुलासा भएको थियो । फेसबुकलाई कसरी प्रयोग गर्ने भन्ने विषय प्रयोगकर्तामा निर्भर रहने भएकाले यसमा सचेत रहन आग्रह गर्दै फेसबुकका सीईओ मार्क जुकरबर्गले फेसबुकलाई अझ राम्रो ढंगले अघि बढाउने काममा आफूहरु लागिरहेको जानकारी दिएका छन् । केही प्रयोगकर्ताले फेसबुकको दुरुपयोग गरिरहेको आन्तरिक अडिटबाट पत्ता लागेको उल्लेख गरे । केही मानिसका पब्लिक प्रोफाईलका सूचनाहरु हटेर अर्कै व्यक्तिसँग मिल्न गएका पछिल्ला घटनाहरु समेत सार्वजनिक भएकाले प्रयोगकर्तालाई सचेत रहन फेसबुकले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको संक्रमण भएकी पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आउन सकेको छैन। राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी

काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड-१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेका पाइएमा कारवाही गर्ने भएको

काठमाडौँ महानगरपालिकाले कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न वडा नं ३ का अध्यक्ष

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कोरोना संक्रमणको सन्दर्भमा देशवासीका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठः आदरणीय