गले पुर्वलडाकु कमान्डरहरु

४ श्रावण २०६९, बिहीबार १५:०० मा प्रकाशित

काठमाडौ, ४ श्रावण । विभिन्न शिविरका पुर्व लडाकुहले आर्थिक अनियमितताको छानवीन गर्नु पर्ने अडान नछानडेपछि एमाओवादी नेतृत्वको छानवीन आयोग गर्न गर्न बाध्ये भएको छ । भने आर्थिक अनियमतिताको आरोप लागेपछि लडाकु शिविरका पूर्व कमान्डर र सहायक कमान्डरहरु पनि सामूहिक राजीनामा दिन विवश भएका छन् ।

पूर्व लडाकुहरुले शिविरका कमाण्डरले आर्थिक अनियमितता गरेको आरोप लगाएपछि कमान्डर र सहायक कमान्डर समेत गरी १२ जनाले पार्टी नेतृत्व समक्ष राजीनामा बुझाएका छन् । राजीनामा बुझाउने पूर्व कमाण्डरहरुमा एक नम्बर शिविर इलामका यमबहादुर अधिकारी, दुई नम्बर सिन्धुलीका सुकबहादुर रोक्का, तेस्रो डिभिजन चितवन शक्तिखोरका धनबहादुर मास्की, चौथो शिविर नवलपरासीका तेजबहादुर ओली, छैटौं शिविर सुर्खेतका महेन्द्रबहादुर शाही र सातौं डिभिजन कैलालीका सन्तु दराई छन् । ती ६ वटै शिविरका सहायक कमान्डरहरुले पनि राजीनामा गरेका छन् । पाँचौ शिविरमा कमान्डर लामो समयदेखि रिक्त छ ।

माओवादी लडाकुका तत्कालीन ७ मुख्य र २१ सहयाक शिविरका कमान्डरले मासिक १ हजारका दरले उठाउने, रासन र भत्ता वापतको रकममा अनियमितता गरेको आरोप छ । आर्थिक अनियमितताको छानविन हुनुपर्ने पूर्व लडाकुहरुले माग गरेपछि एमाओवादीको सातौं विस्तारित बैठक बुधबार स्थगित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता