अज्ञांत महिलाद्वारा युट्युव मुख्यालयमा अन्दाधुन्द गोली प्रहार, आफ्नो ज्यान लिनु अघि चारको हत्या

२१ चैत्र २०७४, बुधबार ०४:११ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस, २१ चैत । क्यालिफोर्नियाको सान ब्रुनोस्थित युट्युव मुख्यालयमा एक अज्ञांत महिलाले मंगलबार मध्यान्ह एक बजे आन्दधुन्द गोली चलाउदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । सान ब्रुनो प्रहरी प्रमुख एड बारबेर्नीले संचार माध्यमलाई दिएको जानकारी अनुसार आन्दधुन्द गोली प्रहार गर्ने महिला घटना लगत्तै आफैले गोली प्रहार गरेर आफ्नो हत्या गरेको प्राम्भिक अनुमान गरेका छन् । बारबेर्नीका अनुसार गोली प्रहारबाट घाइते थप चार जनालाई उपचारको लागि स्थानिय अस्पताल पुर्याइएको छ । स्टानफोर्ड मेडिकल सेन्टरकि निर्देशक लीसा किमले गोली प्रहारबाट घाइते चार जनाको उपचार भैरहेको पुष्टि गरेकी छिन् । यस्तै गरी सानफ्रान्सिस्को जनरल हस्पिटलका ब्रेण्ट एन्ड्रुले पनि उक्त अस्पतालमा दर्जनौ घाइतेको उपचार भैरहेको पुष्टि गरेकी छिन् । युट्युव मुख्यालयमा कार्यरत दर्जनौ त्रशित कर्मचारीहरु घटना लगत्तै अपरान्ह १ बजे देखी बाहिरिएका थिए । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । घटनाका प्रत्यक्षदर्शीहरुले दिएको जानकारी अनुसार घटना लगत्तै फायर फाइटर र प्रहरी घटनास्थल पुगेर बन्दुक र अन्य हतियार नियन्त्रणमा लिएका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार बन्दुक बोकेर पछिल्लो भागबाट अभियुक्त महिला युट्युव मुख्यालय प्रवेश गरेकी थिइन् । उनीहरुले सुने अनुसार करिव ९ पटक बन्दुक पड्किएको आवाज सुनिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या