नेपालको राजनीतिक गतिरोध निकासमा भारतीय राजदुतको चासो

४ श्रावण २०६९, बिहीबार १६:१३ मा प्रकाशित

काठमाडौँ, ४ साउन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादबीच आज बिहान भेटवार्ता भएको छ ।

पौडेल निवास बोहोराटारमा आज भएको सो भेटवार्तामा उहाँहरुबीच वर्तमान राजनीतिक सङ्कट निकासका लागि दलहरुबीच भइरहेको प्रयासका बारेमा छलफल भएको बताइएको छ ।

सो भेटमा उपसभापति पौडेलले नेपाली काँग्रेस सधैँ सहमतिको पक्षमा रहेको भन्दै काँग्रेसले दलहरुबीच वार्ता थालेको र सहमतिका लागि प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने बताउनुभएको थियो ।

राजदूत जयन्तप्रसादले राजनीतिक निकासका लागि भइरहेको प्रयासबारे जिज्ञासा राख्नुभएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ