राष्ट्रसंघका उपमहासचिव इजुमी नाकामित्सु तीन दिवसीय नेपाल भ्रमणमा

१८ चैत्र २०७४, आईतवार २३:२९ मा प्रकाशित

काठमाडौँ, १८ चैत । संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निःशस्त्रीकरण मामिलासम्बन्धी उच्च प्रतिनिधि इजुमी नाकामित्सु नेपालको तीन दिवसीय भ्रमणमा आज काठमाडौँ आउँदै हुनुहुन्छ ।

भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय क्षेत्रीय केन्द्रलाई नेपालले आतिथेय उपलब्ध गराएको छ । उक्त केन्द्रले विश्व शान्ति तथा निःशस्त्रीकरणका प्रयासमा सघाउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार २ सय

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार