दाङ देउखुरीका हजारौं घर डुबानमा, दुई दर्जन घर भत्कीए

४ श्रावण २०६९, बिहीबार ११:०३ मा प्रकाशित

दाङ, ४  साउन । लगातारको बर्षापछि आएको बाढीका कारण दाङ देउखुरीका हजारौं घर डुबानमा परेका छन् । देउखुरीका सिसहनीया, लालमटिया र सोनपुर गाविसका खोलामा आएको बाढीले बस्ती डुबानमा परेका हुन् । सिसहनीया गाविसको वडा नम्बर ५ कालापानीमा बाढीले सबैभन्दा धेरै क्षति पु¥याएको छ । दोलई खोलामा आएको बाढीले कालापानीका दुई दर्जन कच्ची घर भत्किएका छन् । मानवीय क्षतिको जानकारी भने नआएको प्रहरीले जनाएको छ । कालीपानीका सन्तोष यादवका चार महिने छोरासहित ११ जनालाई पूर्वपश्चिम राजमार्गबाट सुरक्षाकर्मीहरुले डोरीको सहायताले उद्धार गरेका छन् । सिसहनिया गाविसका वडा नम्बर ४, ५, ६, ७ र ८ का दुई हजारभन्दा बढी घर डुबानमा परेका छन् । यसैगरी लालमटियाका ३, ४, ७, ८ र ९ तथा सोनपुरका १, २, ३ र ४ नम्बर वडाका हजारौं घर पनि डुबानमा परेका प्रभावित क्षेत्रमा रहेका नेपाल रेडक्रस सोसाइटी लालमटियाका सभापति गंगाराम भट्टराईले जानकारी दिनुभयो । स्थानीयबासीका अनुसार दाङ देउखुरीमा २०१८ सालयताकै ठूलो बाढी आउँदा यति धेरै बस्ती डुबानमा परेका हुन् । डुबानमा परेकाहरुले आफ्नो घरको धुरीमा बसेर ज्यान जोगाएका थिए । पानीको मात्रा नघटेकोले क्षतिको विवरण संकलन गर्न नसकिएको प्रहरीले जनाएको छ । बाढी पीडितहरुलाई उद्धार गर्न भालुबाङ र लमहीबाट सशस्त्र र जनपद प्रहरी तथा नेपाली सेनाको टोली परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी मधुसुदन बुर्लाकोटी र एसपी गणेश बहादुर ऐरले आज विहान डुबान प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका