मलाला कडा सैनिक सुरक्षाबीच गृह नगरमा

१८ चैत्र २०७४, आईतवार ००:०२ मा प्रकाशित

मिङ्गोरा, पाकिस्तान, १७ चैत (एएफपी) । महिला शिक्षाका लागि गरेको योगदानबापत नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल पाकिस्तानी प्रसिद्ध अधिकारकर्मी मलाला युसुफजाई शनिबार पाँच बर्षपछि आफ्नो गृहनगर स्वेट उपत्यका पुग्नुभएको छ ।

महिला शिक्षाका लागि गरेको योगदानको कदर गर्दै उहाँलाई १७ बर्षको उमेरमै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उहाँे सवैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार पाउन सफल व्यक्ति हुनुहुन्छ ।

मलालासहित गृहनगर पुगेपछि उहाँका आमाबाबु तथा दुई भाई सेनाको कडा सुरक्षा घेरामा बसी खुशी साट्नुभएको थियो । उहाँले आफन्त तथा छिमेकीसँग लामो समयपछि भेट गर्नुभएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

सेनाको हेलिकोप्टरमा इश्लामावादबाट मिउत्तरपश्चिमी क्षेत्र मिङ्गोरामा केहीसमय बसेपछि शनिबारै १३ किलोमिटर टाढा रहेको उहाँको विद्यालय स्वेट क्याडेट कलेज गुली वागमा पुगेर सन् २०१२ को अक्टोबर ९ सम्म सँगै अध्ययन गरेको सवै केटासाथीसँग पनि भेट्नुभएको छ ।

मलालामाथि आठबर्ष पहिले तालिवान समर्थक एक व्यक्ति उहाँको स्कूल बसमा चढी मलाला भन्ने केटी को हो भन्दै टाउकोमा गोली हानेको र उहाँलाई तत्कालै सेनाको सहयोगमा अस्पताल लगी उपचार गरिएको थियो । चामत्कारिक रूपमा उहाँको उपचारमा सफलता मिलेकाले बचाउन सकिएको थियो ।

बिहीबार आँखाभरी आँसुपार्दै हाल बेलायतको अक्सफोर्ड विद्यालयमा अध्ययन गरिरहेको भएपनि स्वदेशमा फर्केर सेवा गर्ने इच्छा रहेको बताउँदै अध्ययन पूरागरेपछि स्थायी रूपमा स्वदेशमा नै रहेर काम गर्ने बताउनुभएको पाकिस्तानी टेलिभिजनमार्फत प्रशारित भाषणमा बताउनुभएको थियो ।

मलालाको विश्वभर प्रशंसा गरिएपनि उहाँका घरेलु आलोचकले भने उहाँ पश्चिमाहरूको दलाल बनेर आएको भन्दै यसबाट पाकिस्तानको शिर भुकेको बताउने गर्छन् । यसैले उहाँ रुढीवादी तालिवानलगायतका समूहको निशाना बन्दै आउनुभएको छ ।

पर्यटकको लागि सुन्दर, सफा हिमालयन दृष्यरहेको उक्त क्षेत्रमा सन् २००७ देखि पाकिस्तानी तालिवान समूहको आधारइलाका बनाइएको थियो । तर उनीहरूको वर्वर, पासविक तथा कपटी शासनका कारण अपार पर्यटकीय सम्भावना रहेपनि सुरक्षाको दृष्टिकोणले यहाँ पर्यटक आउन भने समस्या हुनेगरेको छ ।

सन् २००९ मा सेनाले तालिवान लडाकूलाई यस क्षेत्रबाट धपाएको भएपनि यदाकदा उनीहरूले गाउँलेमाथि देखाउने दुब्र्यबहारका कारण सरकारले उक्त क्षेत्रमा पर्यटकलाई नजान सल्लाह दिने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तेलअबिब । इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको