शेयर बजार : करिब दुई अर्बको कारोबार

१७ चैत्र २०७४, शनिबार २३:५५ मा प्रकाशित

काठमाडौँ, १७ चैत । धितोपत्र बजारमा यस साता रु एक अर्ब ८८ करोड ९९ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार यस साता कूल १८० कम्पनीको ५८ लाख ९५ हजार ३० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

कारोबार रकम गत साताको भन्दा ९ दशमलव ८५ प्रतिशत बढी हो । गत साता १७३ कम्पनीको ४६ लाख दुई हजार ६३० कित्ता शेयर रु एक अर्ब ७२ करोड पाँच लाख २८ हजार बराबरको शेयर कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५१ दशमलव ७४ अंकले बढेर अन्तिम दिन १२२० दशमलव २९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव २३ अंकले बढेर २६० दशमलव ८८ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ४४ लाख १० हजार बराबरको शेयर कारोबार भएको थियो ।

यस्तै कारोबार भएको शेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । । सो बैंकको दुई लाख ५६ हजार कित्ता शेयर कारोबार भएको थियो । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यस्तै यससाता एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी, माछापुच्छ्रे बैंक र स्ट्याण्डर्ड चार्टर्ड लिमिटेडको बोनस शेयर सूचीकृत भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर