धर्नाबाट पहाडीसहित ३४ प्रहरी नियन्त्रणमा

१७ चैत्र २०७४, शनिबार २३:५१ मा प्रकाशित

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री निवास बालुवाटार अगाडि मानव अधिकार तथा शान्ति समाजले गरेको धर्ना र प्रदर्शनमा संलग्न ३४ जना अधिकारकर्मीलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

सद्भाव प्रवद्र्धन, हिंसा र घृणाको खारेजी एवं दण्डहीनताको अन्त्यका लागि शान्ति समाजले हरेक वर्ष चैत १७ गते धर्ना र प्रदर्शनी गर्दै आएको छ ।

नयाँ सरकार गठनसँगै टीकापुरलगायतका दुर्दान्त घटनाका आरोपित÷संलग्नहरुको मुद्दा फिर्ता लिने र आममाफी दिन खोजेको भन्दै समाजले खबरदारी गर्ने क्रममा धर्ना गर्दा अधिकारकर्मीलाई पक्राउ गरेको उक्त संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बंैक चोक बालुवाटारबाट समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागार्इं, संस्थापक सदस्य कृष्ण कँडेलसहित ३४ जनालाई प्रहरीले पक्राउ गरी नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले