सत्ता लिप्सा हैन सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरौँ: काँग्रेस नेताहरु

१६ चैत्र २०७४, शुक्रबार २१:४८ मा प्रकाशित

काठमाडौँ, १६ चैत । नेपाली काँग्रेसको नेतृत्वलाई अबको ५ वर्ष सत्ताको आशा र लिप्सा बोकेर तानावाना बुन्नतिर हैन सशक्त प्रतिपक्षमा रहेर काम गर्न सुझाव दिइएको छ ।

निर्वाचनको समीक्षा गर्न बसेको पार्टी केन्द्रीय कार्य समितिको जारी बैठकमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राजनीतिक दललाई सत्तामा बस्दा सहिष्णुता र प्रतिपक्षमा बस्दा साहस हुन जरुरी रहेको धारणा राख्नुभयो ।

संसद्देखि गाउँ÷नगरपालिका र प्रदेशस्तरसम्म प्रभावकारी तथा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दा जनता नेपाली काँग्रेसतर्फ फर्कने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “पार्टीभित्र संस्थागत, विधिसंगत, पारदर्शी, अनुशासित एकतापूर्ण नीतिगत प्रतिबद्धताका साथै वैचारिक अभियानमा समर्पित भएको खण्डमा ५ वर्षमा पार्टीलाई पूर्वस्थितिमा पुर्याउन सक्षम हुनेछौँ ।”

पार्टीको असामान्य पराजयका कारक र दोषको क्रूर समीक्षाले मात्र बैठकको औचित्य सिद्ध गर्ने बताउँदै उहाँले भन्नुभयो, “को चिढिएला वा को खुशी होला भन्ने मोलाहिजाको मानसिकता होइन, धरातलीय यथार्थमा टेकेर गरिएका सही समीक्षाले मात्र हामी सबैलाई अगाडिको सार्थक बाटो देखाउनेछ ।”

अर्का केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले पार्टीभित्र मूल्यांकन तथा पुरस्कार र दण्डको पटक्कै व्यवस्था नहँुदा निर्वाचनमा पराजय भोग्नु परेको धारणा राख्नुभएको थियो । उहाँले भन्नुभयो, “अन्तरघात गर्नेलाई कारबाही हुनुपर्यो, चुनावमा टिकट भाग बण्डाका आधारमा गर्ने दोष सभापतिलाई मात्र थोपर्ने कार्य ठीक भएन, स्थानीय तहमा उम्मेदवार हुन नपाएकाले प्रदेश र संघको निर्वाचनमा आवश्यक सहयोग पु¥याएनन् ।”

केन्द्रीय सदस्य एनपी साउदले निर्वाचनमा हारजीतको साझा जिम्मेवारी लिनुपर्ने धारणा राख्नुभएको थियो ।

पार्टीभित्र अनुशासनको अनुभव हुन सकेन, आचारसंहिता बनाएर कडाइका साथ कार्यान्वयनमा लैजानु प¥यो, महासमिति र महाधिवेशन बोलाएर विधान संशोधन गरी पार्टीलाई संघीयताअनुरुप पुनःसंरचना गरेर अघि बढ्नुपर्यो, साउदले बैठकमा भन्नुभयो ।

पार्टीलाई नयाँ शिराबाट प्रतिस्पर्धी बनाउँदै जनतासँग जोड्ने कार्यक्रम बनाएर अघि बढ्न पनि उहाँले सुझाव दिनुभएको थियो ।

अर्का केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले पार्टीभित्र देखिएको छाडा तन्त्रलाई आचारसंहिता लागू गरेर अनुशासनको दायरामा ल्याउन सुझाव दिनुभएको थियो । सार्वजनिक समारोहमा पार्टीलाई गाली गर्दै आफूलाई लोकप्रिय बनाउने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको बताउँदै उहाँले निर्वाचनमा भएको कमीकमजोरीप्रति सबैले आत्मआलोचना गर्न सुझाव दिनुभएको थियो । बैठकमा राधेचन्द्र यादवले पनि धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा