नेपाली काँग्रेसका नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा खुमबहादुर खड्काको दुखद अवसान

१६ चैत्र २०७४, शुक्रबार २१:४५ मा प्रकाशित

काठमाडौँ, १६ चैत । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीरलाई नेपाल ल्याउने तयारी भइरहेको छ ।

मिर्गाैला, नशा र छातीको संक्रमणबाट पीडित खड्काको ६७ वर्षका उमेरमा उपचारका क्रममा भारतको नयाँ पदल्लीस्थित एपोलो अस्पतालमा आज निधन भएको हो । उहाँको पार्थिव शरीर नेपाल ल्याइएपछि पार्टीले श्रद्धाञ्जलिका लागि काँग्रेस केन्द्रीय कार्यालयमा राख्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काँग्रेसका प्रभावशाली नेता खड्का काँग्रेसका संस्थापक बिपी कोइरालाका भरपर्दा युवकका रुपमा रहनुभएको थियो ।

विसं २०३३ पुस १६ गते बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्कँदा खड्का उहाँसँगै हुनुहुन्थ्यो । निर्वासनबाट बिपीसँग गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु प्रसार्इं र युवा नेता खड्का आउनुभएको थियो ।

नेपाली काँग्रेस विभाजित भई गठित नेपाली काँग्रेस(प्रजातान्त्रिक)मा उहाँ महामन्त्रीको भूमिकामा रहनुभएको थियो । काँग्रेसको १३औँ महाधिवेशनमा उहाँ अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । दाङबाट प्रतिनिधिसभामा तीन पटक लगातार निर्वाचित भई उहाँले पटक पटक गरेर निर्माण तथा यातायात, गृह, जलस्रोत र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

आज भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा साँझ ५ः१५ बजे उहाँको निधन भएको थियो । उहाँ मिर्गौला, छाती र नसासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । मिर्गौला प्रत्यारोपण गर्नुभएका नेता खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुनको पहिलो साता उहाँलाई नयाँ दिल्लीमा उपचारका लागि लगिएको थियो ।

नेपाली कांग्रेसको राजनीतिमा विद्यार्थी कालदेखि नै सक्रिय रहनुभएका स्व. खड्का वि.स. २०३३ साल पुष १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर विपी कोइरालासँगै नेपाल फर्कनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्