बाँके, ५ साउन । बर्दियामा खाल्डोमा डुवेर ३ जना बालिकाको ज्यान गएको छ । बर्दिया धधवारमा हिजो दिनभरी खेत रोपी नजिकैको ईट्टा भट्टाको खाल्डोमा नुहाउन गएका धधवार ६ वनगाई बर्दियाका ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ११ वर्षीया आरती चौधरी, ११ वर्षकी अञ्जली चौधरी र १२ वर्षीया सरिता चौधरी भएको बर्दिया प्रहरीले जनाएको छ । नुहाउन गएका बालिकाहरु नफर्केपछि गएराति अबेर खोजी गर्दा खाल्डोमा डुवी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मतृक बालिकाहरुको शवलाई पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा लगिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज
बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या
चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ