दोहोरो अंकले बढ्यो शेयर बजार

१५ चैत्र २०७४, बिहीबार २२:३५ मा प्रकाशित

काठमाडौँ, १५ चैत । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक १५.४८ बिन्दुले उकालो लागेर एक हजार २२० बिन्दुमा पुगेको हो ।

सरकारले मुलुकको आर्थिक अवस्थाको बारेमा श्वेतपत्र जारी गर्ने तयारी गरेको र त्यसमा धितोपत्रको विषयसमेत समेटिने खबर सार्र्वजनिक भएपछि नेप्से परिसूचक उकालो लागेको अनुमान गरिएको छ ।

स्कटका अनुसार आज १६४ कम्पनीको १४ लाख २७ हजार ९८१ कित्ता शेयर रु ३८ करोड ७१ लाख ७८ हजार ४०१ मा खरिद बिक्री भएको छ ।
यस्तै क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.४ बिन्दुले उकालो लागेर २६०.८८ बिन्दुमा पुगेको छ ।

आज व्यापार र अन्य उपसमूहबाहेक अरु सबै उपसमूहका शेयर उकालो लागेका छन् । व्यापार ३.०४ र अन्य समूहको ०.०३ बिन्दुले ओरालो लाग्दा बैंकिङ १५.७२, होटल ८.०६, विकास बैंक २०.४५, जलविद्युत् ४१.६, वित्त ५.६७, बीमा ६६.३५, उत्पादन १०.२३ र माइक्रोफाइनान्स समूह १९.९९ बिन्दुले उकालो लागेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड