एमाले अध्यक्ष खनाल आज युरोप जाँदै

४ श्रावण २०६९, बिहीबार १०:५४ मा प्रकाशित

काठमाडौ, ४ साउन । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल आज युरोप जाँदै हुनुहुन्छ । प्रवासमा रहेको एमाले निकट नेपाल लोकतान्त्रिक मञ्च युरोप (एनडीएफ) को कार्यक्रममा सहभागी हुन खनाल आज राति स्पेन हुँदै पोर्चुगल जान लाग्नुभएको हो । अध्यक्ष खनालले एनडीएफको भेलालाई आउँदो शनिवार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पोर्चुगलमा हुने एनडीएफको युरोप सम्मेलनमा बेलायत, जर्मनी, बेल्जियम, स्पेन, इटाली, डेनमार्क, फिनल्याण्ड, स्विट्जरल्याण्ड लगायतका देशबाट करिब तीन सय कार्यकर्ताको सहभागिता रहने बताइएको छ । खनाल पोर्चुगलमा रहँदा त्यहाँका कम्युनिष्ट पार्टीका नेता तथा गैरआवासीय नेपालीहरुका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको एमाले विदेश विभागले जनाएको छ । पोर्चुगलमा हुने कार्यक्रममा भाग लिन एमाले केन्द्रीय सदस्य भीम रावल हिजो नै त्यसतर्फ प्रस्थान  गरिसक्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका