नेप्से निरन्तर ओरालोतिर

१५ चैत्र २०७४, बिहीबार ००:०२ मा प्रकाशित

काठमाडौँ, १४ चैत । निरन्तर उतारचढावमा रहेको शेयर बजार आज २.९० अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मंगलबार ३९.१६ बिन्दुले बढेको थियो भने सोमबार ५२ अंकले ओरालो लागेको थियो ।

नेप्सेका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०.२६ अंकले ओरालो लागेर २५७.४८ बिन्दुमा पुगेको छ ।
आज कूल १६२ कम्पनीको १३ लाख ५२ हजार ३३० कित्ता शेयर रु ५१ करोड ४१ लाख ६३ हजार ७७७ मूल्य कारोबार भएको छ । मंगलबार १६६ कम्पनीका १५ लाख ११ हजार ६४० कित्ता शेयर रु ५० करोड ६१ लाख २६ हजार मूल्यमा कारोबार भएको थियो ।

वाणिज्य बैंक, विकास बैंक, उत्पादन र अन्य समूहको नेप्स आज सकारात्मक देखिएको छ भने बाँकी समूह ओरालो लागेको छ । वाणिज्य बैंक २.९३, विकास बैंक १.१६, उत्पादनमा १४.७२ र अन्यमा २.८७ अंकले बढेको नेप्सेले उल्लेख गरेको छ ।

व्यापार समूह ४.५६, होटलमा १८.९५, जलविद्युत्मा २१.१५, वित्तमा ५.८२, बिमामा ९१.४१, र लघुवित्तमा २९.०९ अंकले सेरबजारमा ओरालो लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड