कूटनीतिज्ञसँग भेटका लागि परराष्ट्रसँग स्वीकृत लिन मन्त्रालयको निर्देशन

१४ चैत्र २०७४, बुधबार २३:५८ मा प्रकाशित

काठमाडौँ, १४ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीले विदेशी कूटनितिज्ञसँग भेटघाट गर्नका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न निर्देशन दिएको छ ।

मन्त्रालयको आज बसेको सचिवस्तरिय बैठकले नेपालस्थित विदेश नियोग र नेपाल भ्रमणमा आउने अन्य विदेशी पदाधिकारीसँग भेटघाट गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत केशवराज सुवेदीले बताउनुभयो ।

मन्त्रालयले आज ७७ जिल्ला समन्वय समिति र ७५३ स्थानीय तहका पदाधिकारीलाई विदेशी कूटनीतिज्ञसँग भेट्नका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न पाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिपत्रअनुसार निर्देशन दिइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार संघीयता कार्यान्वयनसँगै तीन तहका सरकारका जनप्रतिनिधिले विदेशी कूटनीतिज्ञसँग भेटघाट गर्ने सम्बन्धमा आवश्यक कानून बनाइरहेकोले त्यो कानून नबनेसम्मका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिनुपर्ने व्यवस्था गरेको हो ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विदेशी नियोग र विदेशी पदाधिकारीसँग भेट्नका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न भन्दै मन्त्रालयमा परिपत्र गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले