लडाकुको माग संबोधन गर्न माओवादीद्धारा समिति गठन, आर्थिक मुद्दाको छानविन गरिने

४ श्रावण २०६९, बिहीबार १०:५२ मा प्रकाशित

काठमाडौ, ४ साउन । पूर्व लडाकु तथा वाइसीएलका प्रतिनिधिले उठाएको माग सम्बोधन गर्न एक उच्च स्तरीय छानविन आयोग गठन गर्ने भएको छ । बैठकले लडाकुहरुले उठाएको माग जायज भएको निष्कर्स निकाल्दै त्यसको विषयमा अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन बुझाउन उच्चस्तरीय समिति गठन गरेको हो ।
त्यसैगरी बैठकले पार्टीभित्रको राजनीतिक र आर्थिक पारदर्शिताको विषयमा गंभिर प्रश्न उठेकोले त्यस विषयमा समेत छानविन गर्ने निर्णय स्थायी समितिको बैठकले गरेको छ । बैठकले राजनीतिक र आर्थिक मुद्दालाई संबोधन गर्न छुट्ट छुट्टै समिति गठन गरेको हो ।
एकीकृत नेकपा माओवादीको अस्तिदेखि सुरु भएको सातौं विस्तारित बैठकको दोस्रो दिन हिजो पूर्व लडाकु र वाइसिएलका प्रतिनिधिले शिविरभित्र भएको आर्थिक अनियमिताको छानविन हुनुपर्ने मागगर्दै बैठक अवरुद्ध गरेका थिए । समूहगत छलफलका क्रममा स्वेच्छिक अवकाशमा निस्किएका पूर्व जनमुक्ति सेनाका प्रतिनिधि र वाइसिएलका प्रतिनिधिहरूले शिविरभित्रको आर्थिक हिसाब पारदर्शी हुनुपर्ने, आर्थिक अनियमिततामा संलग्न दोषीलाई तत्काल निलम्बन गरी छानविन गरिनुपर्र्ने, घाइते तथा अपाङ्गको लागि आजीवन निर्वाह भत्ताको व्यवस्था हुनुपर्ने, पार्टी सुदृढीकरणको ठोस र व्यावहारिक योजना चालु विस्तारित बैठकमा पेस गर्नुपर्ने लगायतका मागहरू राखेका थिए । पूर्व लडाकु र वाइसीएलका प्रतिनिधिले आफ्ना मागसम्बोधन नभए विस्तारित बैठक चल्न नदिने चेतावनी दिएपछि समस्या समाधान गर्न स्थायी समितिको बैठक बसेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका