उत्तर कोरियाका तानाशाह किम जोङ्ग उन बेइजिङ्गमा

१४ चैत्र २०७४, बुधबार ०६:५० मा प्रकाशित

बेइजिङ्ग, काठमाडौं, १३ चैत । उत्तर कोरियाका तानाशाह किम जोङ्ग उनले बुधबार चीनियाँ राष्ट्रपति सी जीन्पिंग संग बेइजिङ्गमा भेट गरेको त्यहाँका सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । चीनियाँ सरकारी माध्यम सिन्ह्वाले उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग उन र चीनियाँ राष्ट्रपति सी जीन्पिंग बीच बेइजिङ्गमा अनौपचारिक पुष्टि गरेको हो । चीनियाँ सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार ग्रेट हाल अफ द पिपुलमा दुई राष्ट्राध्यक्षको द्धिपक्षीय भेट भएको हो । चीनियाँ प्रथम महिला पेङ्ग ल्युयानले उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग उन र उनकी पत्नी री सोल जुलाई ग्रेट हाल अफ द पिपुलमा स्वागत गरेकी थिइन् । विश्लेषक हरुका अनुसार निकट भविष्यमा हुन लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप र दखिन कोरियाली समकक्षी मुन जाई इनसंगको भेटलाई मध्यनजर राख्दै उत्तर कोरियाको संरक्षक रहेका चीनियाँ राष्ट्रपति सी जीन्पिंगसंग परामर्शको लागि किम जोङ्ग उन चीनको अनौपचारिक भ्रमणमा सुटुक्क बेइजिङ्ग पुगेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।