उत्तर कोरियाली नेता किम एक्कासी चीनमा : सञ्चारमाध्यम

१३ चैत्र २०७४, मंगलवार २२:१९ मा प्रकाशित

बेइजिङ, १३ चैत । आणविक हतियार मोहका कारण अमेरिका दक्षिण कोरियालगायतका विश्व समुदायबाट एक्लिन पुगेका उत्तर कोरियाली नेता किम जङ अन सुटुक्क चीन पुगेको आशङ्का गरी स्थानीय सञ्चारमाध्यमले समाचार सम्पे्रषित गरेका छन् । किम विशेष रेलमार्फत चीन पुगेका विश्वास गरिएको छ ।

यद्यपि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले आफूलाई नेता किम चीन आएकोबारे मङ्गलबारसम्म सूचना नभएको बताउँदै भन्नुभयो “सूचनालाई सही समयमा सम्प्रेषण गरिने छ ।”

यदि उहाँ चीन पुगेको पुष्टि भएमा पूर्व राष्ट्रपति तथा किमका पिता किम जोङ इलको सन् २०११मा भएको स्वर्गारोहणपछि सत्ता सम्हालेका नेता किमको यो नै समुद्रपारको पहिलोे भ्रमण हुनेछ ।

जापानको क्योदो न्यूज एजेन्सीले अज्ञात स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाली उच्च पदस्थ अधिकारी किम चीनको राजधानी बेइजिङमा सोमबार दिउसो पुगेको बताएको छ । यस्तै जापानको निपोन टेलिभिजनले पनि बेइजिङको रेलस्टेसन नजिकै किम रेलमा यात्रा गरिरहेको दृष्यलाई प्रशारण गरेको छ । किमका पिताले पनि यसैगरी विशेष रेलको प्रयोग गर्दे विदेश भ्रमण गर्ने गर्नुहुन्थ्यो ।

यसैबीच चीन र उत्तर कोरियाको सीमा क्षेत्रमा तथा विगतमा महत्वपूर्ण कोरियाली अधिकारी बस्ने गरेको गेष्ट हाउसमा व्यापक सुरक्षाकर्मीलाई तैनाद गरिएको खबरहरू प्राप्त भएका छन् ।

हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोष्टले उक्त क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पार्न भनिएको खबर छाप्दै भनेको छ, “अधिकारी किम नै भएको पुष्टि नभएपनि उच्च पदस्थ अधिकारी आएको सत्य हो ।”

ऐतिहासिक रूपमा नै उत्तर कोरियाली नेताहरूको चीन भ्रमण सधैँ गोप्य रहने गरेको छ । किम जोङ इल पनि चीनको भ्रमण गोप्य रूपमा गर्नुहुन्थ्यो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको आणविक हतियारबारे किमसँग शिखर बैठकमा सहभागी हुने बताएपछि कोरियाली प्रायद्वीप अस्थायीरूपमा भएपनि शान्त छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ)ले आफुले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक-भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दावी गरेको छ ।

मास्टर कार्ड फाउन्डेसनले अफ्रिकामा कोभिड–१९ को खोप व्यवस्था गर्न एक अर्ब ३० करोड डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ

इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् । सरकारले

नाइजेरियामा एउटा स्लामिक विद्यालयमा अध्यययनरत झण्डै १ सय ५० जना विद्यार्थी अपहरणमा परेका छन् । नाजेरियाली अधिकारीले बन्दुकधारीले विद्यार्थी अपहरण