माओवादीको विस्तारित अपरान्ह सम्मकोलागी स्थगित

४ श्रावण २०६९, बिहीबार १०:४९ मा प्रकाशित

काठमाडौ, ५ साउन । विहान ११ बजे बस्ने भनिएको एकीकृत नेकपा माओवादीको सातौं विस्तारित बैठकको तेस्रो दिनको छलफल अपरान्ह ३ बजेसम्मकोलागी स्थगित भएको छ । पूर्व माओवादी लडाकुको अवरोधका कारण बैठक स्थगित गरिएको हो । यो समयमा लडाकुहरुसँग छलफल गरेर बैठक अपरान्हमात्रै सुचारु गरिने बताईएको छ ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनको बारेमा बिभिन्न राज्य समितिहरुले लिखित धारणा पेस गर्ने भएका छन् । पूर्व लडाकु र वाइसीएलका प्रतिनिधिले बिभिन्न माग राख्दै हिजोको विस्तारित बैठक अवरुद्व गरेपछि राज्य समितिको तर्फबाट आज लिखित धारणा पेस हुन लागेको हो । अध्यक्षको राजनीतिक प्रतिवदेन बारे छलफलको लागि १४ ओटै राज्य समितिमा आवद्व नेता तथा कार्यकर्ताहरुलाई समूहगत रुपमा विभाजन गरिएको थियो । विभिन्न राज्यसमितिहरूमा कर्णालीबाट गजेन्द्र महत, मगरातबाट अविनाश, गैरभौगोलिक राज्यबाट शालिकराम जमरकट्टेल, विदेश प्रतिनिधिको तर्फबाट चित्रबहादुर श्रेष्ठ, अवधबाट रामलोटन तिवारी, तमुवानबाट अमर तमु, सेती–महाकालीबाट तिलक शर्मा, नेवाःबाट भास्कर प्रधानाङ्ग, प्रवास प्रतिनिधिबाट ईश्वरी भट्टराईलाई टोली संयोजक चयन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा