शरणार्थीको कमजोर मुद्दालाई अदालती सुनुवाईको मौका नदिइने

१२ चैत्र २०७४, सोमबार २३:५३ मा प्रकाशित

वाशिंगटन डिसी । युएससीआईएसबाट अस्वीकृत भई अध्यागमन अदालतमा रिफर गरिएका सबै एसाइलम केसले पूर्ण सुनुवाई नपाउने भएका छन् । अध्यागमन अदालतमा रिफर गरिएका यस्ता मुद्दा न्यायाधिसलाई वास्तविक जस्तो नलागेका खण्डमा र ओजिलो नभएको खण्डमा अध्यागमन न्यायाधिसले पूर्ण सुनुवाईको मिति नदिइकनै टुंग्याउन सक्नेछन् ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसका महान्यायाधिवक्ताले गरेको निर्णय अनुशार अब अध्यागमन न्यायाधिसहरुले एसाइलमको आवेदन प्रारम्भिक समिक्षाका आधारमा पूर्ण सुनुवाईको मौका नै नदिईकन अस्वीकार गर्न सक्नेछन् । नयाँ प्रावधानले अध्यागमन अदालतमा रहेको ब्याकलगलाई हटाउन मद्दत पुग्ने जेफ सेसनको अपेक्षा रहेको छ ।

नयाँ प्रावधानका कारण अमेरिकामा शरण खोज्ने हजारौंले आफूलाई प्रमाणित गर्ने उचित मौका बिना नै देशनिकालाको सामना गर्नुपर्ने हुनसक्छ । कैयन मानवअधिकारवादीहरुले महान्यायाधिवक्ताको यस्तो निर्णयको विरोध गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९