ओली सरकार राज्यसत्ता कब्जा गर्न अग्रसर-शेखर कोइराला

१२ चैत्र २०७४, सोमबार २३:४९ मा प्रकाशित

काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ओली सरकार राज्यसत्ता कब्जा गर्न अग्रसर रहेको बताएका छन् ।

तर, अहिलेको कांग्रेस अधिनायकवादविरुद्ध लड्न नसक्ने उनले बताए ।

सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा कोइरालाले केपी ओली सरकारका प्रारम्भिक क्रियाकलापले नै मुलुकमा अधिनायकवाद निम्त्याउने संकेत देखिएको बताएका हुन् ।

‘न्यायपरिषदको सचिवले प्रधानन्यायधीशलाई बर्खास्त गर्नू अधिनायकवाद प्रवेशको पहिलो खूड्किलो हो’ उनले अघि भने, ‘ओली सरकारले अब बिस्तारै थाहा नपाउने तरिकाले मिडिया सेन्सरसिप लगाउँछ ।

त्यसपछि सूरक्षा निकाय कब्जा गर्छ ।’

उनले अघि भने, ‘काग्रेंसले अधिनायकवादका विरुद्ध लड्न नसक्ने होइन तर, अहिलेको यस्तो काग्रेंसले लड्न सक्दैन ।’

प्रचण्ड प्रधानमन्त्री भएपछि आफूले सभापतिलाई ‘पार्टी त कब्जा गर्नुभयो तर, देश कम्युनिष्टले कब्जा गर्छ’ भनेको स्मरण गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।